जनकपुरधाममा सुरु भयो आजदेखि सस्ता बजार
टुडेपाटी–
जनकपुरधाम, असोज २८ गते ।
जनकपुरधाममा प्रत्येक वर्ष झै यस वर्षपनि बडादसैँँको अवसरमा सस्ता बजार सुरु भएको छ ।
जनकपुरधामको राम चोक स्थित गोपाल धर्मशालामा जनकपुरधाम उद्योग वाणिज्य संघले आयोजना गरेको सस्तो बजारको उद्घाटन मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले गरेका छन् ।
उनले आर्थिक मन्दीको क्रममा भइरहेको व्यवसायी तथा व्यापारीलाई प्रोत्साहन स्वरुप योजना ल्याउने बताए ।
अर्थमन्त्री यादवले ठुलठुला कलकारखाना तथा उद्योगहरु खोल्नका लागि समेत मधेश प्रदेश सरकारले योजना ल्याएको बताउँदै छिट्टै नै मधेश प्रदेशमा कार्ययोजनासहित अघि बढ्ने बताए ।
यस सस्तो बजारमा भित्र तथा बाहिर गरेर १ सय १५ वटा स्टलहरु रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।
Sponsored
अध्यक्ष महासेठले सस्तो बजारको रुपमा परिचित रहेको जनकपुरधामको दसैं मेलाबाट सर्वशुलभरुपमा यहाँका स्थानीय उपभोक्ताहरुले गुणस्तरीय सर्वशुलभ तथा सस्तोमा सुपथ विभिन्न सामग्रीहरु किनमेल गर्ने अपेक्षा रहेको बताए ।