जनकपुरका मेयर उपमेयर विरुद्ध चक्काजाम (भिडियो सहित)
टुडेपाटी –
जनकपुरधाम, माघ २४ गते ।
जनकपुरधाम उपमहानगरपालिका विरुद्ध जनकपुरमा युवाहरुले चक्काजाम गरेका छन् । जनकपुरको रामानन्दचोकमा युवाहरुले शुक्रबार बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म एकघण्टा चक्काजाम गरेका हुन् ।
विभिन्न नारा लेखिएको प्लेकार्ड सहित युवाहरु रामानन्दचोकको प्रवेशद्वारमा चक्काजाम गरेका छन् ।
गएको पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथि भएको कुटपिट प्रकरणमा दोषीहरुलाई संरक्षण दिन मेयर लालकिशोर साह र उपमेयर रीता झाले नाटक गरेर कर्मचारीलाई पेन डाउन गराएको र जनतालाई दुःख दिएको भन्दै युवाहरु विरोधमा उत्रेका हुन् । पत्रकार कुटपिट प्रकरणमा नगरपालिका कार्यालय बाहिरका ४ जना युवाहरुमाथि नेपाल पत्रकार महासंघ धनुषा शाखाले जाहेरी दिएको थियो ।
जाहेरीको आधारमा युवा व्यापारी धर्मेन्द्र साहलाई प्रहरीले पक्राउ गरी कारबाही चलाएको विरोधमा उपमहानगरपालिकाका कर्मचारी युनियनले बिहीबार पेन डाउन गरेको थियो । कर्मचारीले पेन डाउन गर्दा नागरिकहरुले सास्ती पाएको विरोधमा युवाहरु सडकमा उत्रेका हुन् । युवाहरुले मेयर उपमेर निकम्ममा भएको भन्दै राजिनामा समेत माग गरेका छन् ।
मासका संयोजक सरोज मिश्र, युव अगुवा सुशिल कर्ण लगायतका युवाहरु एकघण्टा नाराबाजी सहित चक्काजाम गरेका थिए । जानकी मीन्दर फुलबारी प्रकरणका दोषी, मेयर पत्रकार कुटपिट प्रकरणका दोषी र पेन डाउन गारउने कर्मचारी युनियनका दोषीमाथि कारबाही र यी समस्याहरु समाधान नभए आइतबारदेखि अझै कडा संघर्ष गर्ने मासका संयोजक सरोज मिश्रले चेतावनी दिए ।
जानकी मन्दिरको फुलबारी अतिक्रमण प्रकरणबाट उम्किन मेयरले रिपोर्टिंग गर्न गएका पत्रकारमाथि कुटपीट गरी घटना मोड्न खोजेको युवा अगुवा शुशील कर्णले आरोप लगाए ।
Sponsored
निजी घर बचाउन रकमको चलखेल गरी जानकी मन्दिरको फुलबारी अतिक्रमण गराएको र आफ्नो भ्रष्टाचार लुकाउन मेयर उपमेरले नाटक गरिरहेको युवा कर्णको आरोप छ ।
उनले मेयर उपमेयरलाई समेत छानविन गरी कडा कारबाही गर्न प्रशासन संग माग गरे ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्