TodayPati

मधेश प्रदेशः पुरुषको शव फेला

टुडेपाटी–
पर्सा, भदौ २५ गते ।

पर्सामा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ ।

सोमबार ठोरी गाउँपालिका–४ विजयबस्तीमा नेपाल–भारत सीमा नजिक उखुबारीमा अन्दाजी ३५ देखि ४० वर्ष उमेरको देखिने पुरुषको शव फेला परेको हो ।

Sponsored

स्थानीयले मृतकको पहिचान गर्न नसकेको इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए । मृत फेला परेका पुरुष विजयबस्ती टोलका होइनन् ।

घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान भइरहेको प्रनि राइले बताए ।

प्रारम्भिक अनुसन्धानबाट मृतकको शरीरमा घाउ चोट तथा निलडाम आदि नपाइएको उनले बताए ।

Sponsored

शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्ज पठाउने तयारी भइरहेको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *