TodayPati

महोत्तरीः पूर्व अध्यक्षसहित दश जनाविरुद्ध मुद्दा दर्ता

टुडेपाटी–
महोत्तरी, भदौ २५ गते ।

महोत्तरीको सोनमा गाउँपालिकामा भएको घट्नाका आरोपमा प्रहरीले पुर्वअध्यक्ष सहित दश जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।

पूर्व अध्यक्ष राजकुमार यादव, वडा नं. १ का वडाध्यक्ष अशोक यादवसहित दश जना विरुद्ध मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीकाअनुसार उनीहरु विरुद्ध आपराधिक प्रवेश र आपराधिक उपद्रव सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।

मुद्दा दर्ता गरिएका मध्ये सोनमा १ का रामप्रसाद पासवान, उपेन्द्रकुमार साह, राकेश राम, नैजामुद्दीन अन्सारी, महेशकुमार, राम केबल राय र वडा नं. २ का ललिन्द्र यादवसमेत ७ जनालाई प्रहरीले घटना स्थलबाटै नियन्त्रणमा लिई सकेको छ ।

पूर्व गाउँपालिका अध्यक्ष राजकुमार यादव, वडाध्यक्ष अशोक यादव र वडा नं. १ का शैलेन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *