TodayPati

रामजानकी मन्दिरका पुजारीमाथि सांघातिक आक्रमण

टुडेपाटी–
जनकपुरधाम, भदौ २२ गते ।

रौतहटमा एक मन्दिरका पुजारी माथि सांघातिक आक्रमण भएको छ ।

रौतहटको दुर्गा भगवती गाउँपालिका ३ देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो ।

Sponsored

स्थानीयका अनुसार बिहिवार राति करिब ११ बजे खाना पकाउने समयमा अज्ञात व्यक्तिले पुजारी साहको टाउकोमा धारिलो हतियार प्रहार गरेका थिए ।

साधु साहमाथि आक्रमण भएको थाहा पाएपछि स्थानीयले उपचारका लागि अस्पताल पुर्‍याएको थियो । अहिले उनको उपचार पिपरा बजारस्थित बागमती अस्पतालमा भइरहेको छ ।

यता, रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले साधुमाथि आक्रमणबारे जानकारी पाएको बताए । आक्रमण कसले र किन गरेको कुरा खुल्न नसकेको उनको भनाई छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *