TodayPati

चिनियाँ राजदुत चेन सोङको टिप्पणी गैरकुटनीतिक, गैर जिम्मेवार र हेपहा प्रवृत्ति: जितेन्द्र सोनल

टुडेपाटी–
जनकपुरधाम, भदौ २२ गते ।

लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले चिनियाँ राजदुत चेन सोङले काठमाडौंको एक कार्यक्रममा नेपाल र भारतबीचको आर्थिक सम्बन्ध लगायतको विषयमा गरेको टिप्पणी कुटनीती मर्यादा बिपरित रहेको बताएका छन् ।

उनले एउटा सार्बभौमसत्ता सम्पन्न देशको बारेमा यस्तो बिचार राख्नुलाई हेपहा प्रबृती रहेको भन्दै उनको टिप्पणीको भत्सर्ना गरेका छन् ।

Sponsored

कहिले एमसीसी को बारेमा, कहिले उर्जा त कहिले नेपाल भारतको सांस्कृतिक सम्बन्धको बारेमा अनावश्यक टिप्पणी गर्नु हेपहा प्रवृत्ति रहेको बताए ।

अध्यक्ष सोनलले राजदुत सोङलाई अविलम्ब स्पष्टीकरण सोधी सम्बन्धित निकायाले चीन सरकारसँग पहल गरि सोङलाई नसिहत दिइ फिर्ता पठाउन नेपाल सरकारसँ माग गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *