TodayPati

जनकपुरधाममा भूमि लोक महोत्सव हुने

टुडेपाटी–
जनकपुरधाम, भदौ १९ गते ।

जनकपुरधाममा भूमि लोक महोत्सव हुने भएको छ ।

सांगितिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले पहिलो पटक जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको सांगितिक प्रस्तुति कार्तिक १७ गते शुक्रबारको दिन गर्ने भुमि मिडियाले जनाएको छ ।

Sponsored

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै भूमि मिडियाका संस्थापक निर्देशक रञ्जन झाले भूमि लोक महोत्सव जनकपुरधाम स्थित तिरहुतिया गाछीमा आयोजना गरिने र यसका लागि आन्तरिक तयारीमा जुटेको बताए ।

महोत्सवमा मिथिला क्षेत्रको गीत–संगीत तथा साधकहरुको प्रवद्र्धन गर्दै लोपोन्मुख परम्परागत सांगितिक विधाको संरक्षणमा समेत महत्वपुर्ण योगदान पु¥याउने उद्देश्य रहेको उनले स्पष्ट पारे ।

यस भुमि लोक महोत्सवमा ख्यातिप्राप्त संगित साधकहरुलाई समेत जनकपुरधाममा भेला गराइने छ भने महोत्सव अवधिभर मधेश र मिथिलाको झल्को दिने गरी विभिन्न लोक झाँकी प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *