TodayPati

महोत्तरीमा विद्यार्थी र प्रहरीबीच झडप

टुडेपाटी–
जनकपुरधाम, भदौ १९ गते ।

महोत्तरीको सोनमा गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

मंगलबार दिउँसो सोनमा माध्यमिक विद्यालयका विद्यार्थीहरुले गाउँपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीसँग झडप भएको हो ।

Sponsored

अहिले गाउँपालिका कार्यालय क्षेत्र तनावग्रस्त छ । प्रहरीमाथि पनि विद्यार्थीले ढुंगामुढा गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन भन्दा बढी सेल अश्रुग्यास हानेको छ ।

विद्यालयमा तीनजना शिक्षकको सरुवा गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा संलग्नहरु विद्यार्थी भएकाले संयमता अपनाएर स्थिति समान्य बनाउने प्रयास गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

Sponsored

उनका अनुसार विद्यार्थीको ढुंगामुढाबाट केही प्रहरी समेत घाइते भएका छन् । सो स्थानमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी व्यापक मात्रामा परिचालन गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *