TodayPati

मधेश प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

टुडेपाटी-
जनकपुरधाम, असोज ५ गते ।

मधेश प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसअनुसार शुक्रबार राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए ।

Sponsored

गत जेठ २१ गते सुरु भएको यस अधिवेशनमा ३४ वटा बैठकहरू बसेका थिए । यस दौरान बालिका संरक्षण विधेयक, स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधासम्बन्धी विधेयक र मधेश प्रदेशमा खेलकुदको विकाससम्बन्धी विधेयकहरू पारित भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *