TodayPati

प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. जामुन सिंह नियुक्त

टुडेपाटी-
जनकपुरधाम, असोज ५ गते ।

प्रादेशिक अस्पताल जनकपुरको निर्देशक पदमा डा. जामुनप्रसाद सिंह नियुक्त भएका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको यस अस्पतालमा शुक्रबार साँझ उनलाई निर्देशक नियुक्त गरिएको हो ।

Sponsored

बिगत १० वर्षदेखि यसै अस्पतालमा कार्यरत्त बरिष्ठ बालरोग विशेषज्ञ डा. सिंहलाई मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशकमा नियुक्त गरेको हो ।
यसअघि निर्देशक रहेका डा. रामनरेश पण्डितको सरुवा भएपछि डेढ महिनादेखि उक्त पद खाली थियो ।

डा. सिंह मधेश प्रदेश सरकारका दशौं तहका बरिष्ठ कन्सल्टेन्ट प्याडियाट्रिक्स विशेषज्ञ हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *