TodayPati

स्वतन्त्र जितेका मधेश प्रदेश सांसद यादव पुर्पक्षका लागि जेल चलान

टुडेपाटी-
जनकपुरधाम, भदौ १९ गते ।

मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि जेल चलान भएका छन् । सप्तरी जिल्ला अदालतको आदेशमा उनलाई आज पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासको आदेशमा उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश भएको स्रेस्तेदार कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।

Sponsored

अदालतको आदेश पश्चात सांसद यादवलाई आजै साँझ कारागार चलान गरिएको सप्तरीका एसपी गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

सप्तरी क्षेत्र नं. ४ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद यादवलाई प्रहरीले कर्तव्यज्यान मुद्दामा सोमबार दिउँसो २ः५५ बजेको समयमा राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको थियो ।

बोदेबर्साइन नगरपालिका ५ बस्ने सत्रुधन प्रसाद सिंह यादवका छोरा सांसद यादवलाई कर्तव्यज्यान मुद्दामा पक्राउ गरी जिल्ला अदालत सप्तरीमा पेश गरिएको थियो । उनलाई पुनः आज पेश गर्ने गरी प्रहरीलाई हिरासतमा राख्न अदालतले भनेको थियो ।

Sponsored

वि।सं।२०६४ असार ९ गते अपहरण गरी तत्कालिन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको नेङ्गडा गाविस–५ वैरिया टोलमा पाँच गोली प्रहार गरी हत्या भएको थियो । मृतककी दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते कर्तव्यज्यान मुद्दामा यादवसहित नौ जनामाथि किटानी जाहेरी दिएकी थिइन् ।

जाहिरीपरेपछि यादव फरार भएका थिए । २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्यज्यान मुद्दामा फरार रहेका यादवलाई पक्राउ गरि मुल्तवीमा राखि अनुसन्धान गर्न आदेश दिएको थियो । त्यस यता उनी फरारको सूचिमा थिए । यधपी उनी प्रत्यक्ष चुनाव लडेर जित्दा समेत प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *