TodayPati

जनकपुरमा क्रिश्चियन धर्मको प्रचार गर्दै धर्मान्तरण गराउने महिला-पुरुषलाई कालोमोसो

टुडेपाटी-
जनकपुरधाम, भदौ १८ गते ।

क्रिश्चियन धर्मको प्रचार गरी धर्मान्तरण गराउने महिला-पुरुषलाई जनकपुरमा कालोमोसो गरिएको छ । जनकपुरधामको परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गर्ने क्रममा महिला-पुरुषलाई हिन्दूवादी युवाहरूले कालोमोसो दलेका हुन् ।

नाम नखुलेको एक महिला र एक पुरुषलाई हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वमा रहेका युवाहरूले कालोमोसो दलेको बताएको छ ।

Sponsored

हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले उनी दुवै जनालाई कालोमोसो दलेर प्रहरीमा बुझाएको हिन्दूवादी महिला मञ्जु मण्डलले जानकारी दिइन् ।

अहिले उनी दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

एक महिला र पुरुषलाई अहिले भर्खर ल्याएको र थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए । पछिल्लो समय क्रिश्चियनहरुले मधेशमा व्याप्त मात्रामा सिधासोझा हिन्दु धर्मावलम्बीलाई लक्षित गरि प्रमेश्वर पिताको नाममा भुतप्रेत भाग्ने, रोग कष्टबाट मुक्त हुने भन्दै प्रचार गर्ने गरेका छन् । कतिपय ठाउँमा उनीहरुलाई अवरोध समेत गर्ने गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *