TodayPati

जनकनन्दिनी गापाले शतक लगाउने नेपाली खेलाडीलाई एक लाख दिने

टुडेपाटी–
जनकपुरधाम, भदौ १८ गते ।

धनुषाको जनकनन्दिनी गाउँपालिकाले आजको खेलमा नेपालको तर्फबाट शतक लगाउने खेलाडीलाई एक लाख रुपैयाँ दिने भएको छ ।

गाउँपालिका अध्यक्ष दिपिन देव यादवले नेपाल र भारतबीच आज भइरहेको खेलमा नेपालको तर्फबाट शतक लगाउने खेलाडीलाई एक लाख, अर्धशतक लगाउनेलाई ५० हजार र ह्याट्रिक विकेट लिने खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

Sponsored

एसीया कप अन्तरगत आज नेपाल भारतसँग खेल्दै छ । भारतले टस जितेर बलिङ्ग गर्ने निर्णय गरेकाले नेपाल ब्याटिङ्ग गर्ने भएको छ ।

आजको खेलमा जित्ने टिम एसिया कपको सुपर फोरमा क्वालिफाई गर्ने छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *