TodayPati

मधेश प्रदेश सभा सदस्य यादव पक्राउ

टुडेपाटी–
सप्तरी, भदौ १८ गते ।

सप्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) का स्वतन्त्र सांसद अनिरुद्ध कुमार सिंह यादव हत्या अभियोगमा पक्राउ परेका छन् ।

सदरमुकाम राजविराजबाट सिंहलाई पक्राउ गरिएको हो।

Sponsored

०६४ सालमा भएको एउटा हत्या घट्नामा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनी फरार को सूचिमा थिए।

सिंहको निर्देशनमा खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो ।

तत्कालीन बोदे बर्साइन गाविस–४ बाट वि।सं।२०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस–५ वैरिया टोलमा पुर्‍याई पाँचवटा गोली हानी उनको हत्या गरिएको थियो।

Sponsored

उक्त विषयमा जाहेरी परेपछि अदालतमा बयान दिन समेत नगई यादव फरार भएका थिए । अदालतमा हाजिर हुन म्याद जारी भए पनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ ।

मृतककी दिदी धनगढी गाविस–३ की रिताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंह समेत नौ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *