TodayPati

धनुषा प्रहरीको हिरासतबाट फरार ८ थुनुवा समात्न सर्च अप्रेसन जारी

टुडेपाटी-
जनकपुरधाम, असोज ७ गते ।

जिल्ला प्रहरीको हिरासत फोडेर ८ जना थुनुवा फरार भएका छन् । गए राति हिरासतको भेन्टिलेशन फोडेर आठ थुनुवा फरार भएका हुन् । ९ जना भागेपनि प्रहरीले तत्कालै एक थुनुवालाई पक्राउ गर्न सफल भएका छन् । अन्य आठ थुनुवाको खोजी प्रहरीले जारी राखेको छ ।

धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार फरार हुनेमा ५ जना लागूऔषध र तीनजना शान्दिसुरक्षा तथा अभद्रव्यवहार मुद्दामा पक्राउ परेका थुनुवा हुन् ।

Sponsored

लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका २१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल, २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र धनुषाको औरही गाउँपालिका २ का २३ वर्षीय विशाल मुखिया छन् ।

यस्तै शान्तिसुरक्षा तथा अभद्रमुद्दाका जनकपुरधाम उपमहानगरपालिका १ का १७ वर्षीय सुमित मेस्तर, नगराइन नगरपालिका २ का १८ वर्षीय मनिष मण्डल र जनकपुरधाम ४ का २२ वर्षीय विक्की कार्की रहेका छन् ।

उनीहरुको खोजी कार्यका लागि प्रहरीले विभिन्न स्थानमा सर्च अप्रेसन चलाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *