TodayPati

असिना पीडितलाई राहत दिन पिछडा वर्ग समाजको माग

टुडेपाटी-
जनकपुरधाम, बैशाख २८ गते ।

पिछडा वर्ग समाज (ओबीसी)ले असिना पीडितलाई राहत उपलब्ध गराउन तीनै तहका सरकारसंग माग गरेको छ । गत बैशाख १२ गते हावाहुरीसंगै आएको असिनाबाट बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका लगायतको केहि क्षेत्रमा घरको छानो तथा बालिनाली गरी करोडौंको क्षति तुल्याएको थियो ।

असिनाबाट क्षति भएको तीनसाता बढी बित्न लाग्दा पनि गाउँपालिका अध्यक्ष, प्रदेशका मन्त्री, प्रदेश सांसद लगायत तीनै तहका सरकारले निरीक्षण गरेको तर हालसम्म पीडितहरुलाई आश्वासन बाहेक कुनै प्रकारको राहत उपलब्ध नगराएले तत्काल राहत उपलब्ध गराउन पिछडावर्ग समाजले माग गरेको हो ।

Sponsored

असिना पीडित समेत रहेको समाजका केन्दिय महासचिव नथुनी कुशावाहले स्थानीय सरकार तथा प्रदेशका सरकारका प्रतिनिधिलाई ज्ञापन पत्र बुझाउँदै असिना पीडितलाई राहत दिन माग गरेका हुन् । उनले असिनाबाट क्षति भएका घरका छानोको व्यवस्था तथा बालिनाली नष्ट भएकाले क्षतिपुर्ति तथा पीडित कृषकहरुको बैंकको ब्याज छुट गर्न माग गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *