विवाह मण्डपमा अश्लिल टिकटक बनाउने युवक पक्राउ, युवती र भिडियो खिच्नेलाई खोज्दै प्रहरी
टुडेपाटी–
जनकपुरधाम, साउन १२ गते ।
जनकपुरधामको जानकी मन्दिरको विवाह मण्डपमा अश्लिल टिकटक भिडियो बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका वडा नं. ६ का १८ वर्षीय अनिरूद्र यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यादवले जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील टिकटक बनाएर राखेपछि भिडियो भाइरल भएपछि विरोध भएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएको हो ।
भिडिओमा देखिएकी युवती र भिडिओ खिच्ने व्यक्तिको खोजी जारी रहेको प्रहरी प्रवक्ता प्रही नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
Sponsored