TodayPati

धनुषाबाट झण्डै २१ किलो अवैध गाँजा बरामद

नितेश यादव-
जनकपुरधाम, वैशाख २७ गते ।

सशस्त्र प्रहरीले धनुषामा अवैध गाँजा बरामद गरेको छ । शुक्रबार राति सीमानाकामा खटेको सुरक्षा गस्ती
टोलीले करिब २१ किलो अवैध गाँजा बरामद गरेको हो ।

शुक्रबार राति करिव सबा ११ बजे सशस्त्र प्रहरीका नायव प्रहरी उपरीक्षक निर्मल खड्काको कमाण्डमा खटेको ५ जनाको टोली तथा सहायक प्रहरी निरीक्षक साधुशरण यादव नेतृत्वमा रहेको चारजना सुरक्षाकर्मीहरुको मोटरसाइकल गस्ती टोलीलाई देखेर धनुषाको विदेह नगरपालिका–५ एकराहीबाट सरावेतर्फ गइरहेका तीन जनाले बोकेको तीनवटा पोका फालेर भागेपछि पोकामा गाँजा भेटिएको सशस्त्रका प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।

Sponsored

उक्त पोकामा मेशिनले पेलेर प्याक गरिएको २०.७ किलो गाँजा बरामद भएको एसपी उप्रेतीले बताए । यसबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको छ ।

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *