TodayPati

जनकपुरका पत्रकारमा कोरोना संक्रमण नरहेको पुष्टि

टुडेपाटी-

जनकपुरधाम, वैशाख २७ गते ।

विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरसको अवस्थामा अग्रपंक्तिमा रहेर काम गर्ने धनुषाका पत्रकारहरुमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।

Sponsored

बुधबार विभिन्न संचारमाध्यममा कार्यरत २३ जना पत्रकारका स्वाब संकलन गरिएको थियो । संकलन गरिएको सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्णले बताएका छन् ।

उनले भने पीसीआर विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको समन्वयमा श्रीनाथ गण धनुषा महेन्द्रनगरको नेपाली सेनाको सहयोग र प्रादेशिक अस्पताल जनकपुरधामको प्राविधिक प्रयोगशालाको टोलीले बुधबार पत्रकारको स्वाव संकलन गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *