TodayPati

महोत्तरीको बाँके खोलामा अवैध उत्खनन गर्ने दुईवटा स्काईभेटर नियन्त्रणमा

गणेश कुमार सिंह –
गौशाला, असार २७ गते ।

महोत्तरीको गौशाला नगरपालिका वडा नं. १२ स्थित बाँके खोलामा रातीको समयमा अवैध उत्खनन गरिरहेको अवस्थामा दुईवटा स्काईभेटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

खोला खनिरहेको अवस्थामा स्थानीय युवाहरुले प्रहरीलाई जानकारी गराएका थिए । कान्तिबजार प्रहरी चौकीको टोलि पुगेर नम्बर उल्लेख नरहेको दुईवटा स्काईभेटर नियन्त्रणमा लिएको हो ।

Sponsored

कान्तिबजार प्रहरी चौकीले स्काईभेटर नियन्त्रणमा लिइ आवश्यक अनुसंधान थालेको जानकारी दिएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *