महोत्तरीमा बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ
टुडेपाटी-
जनकपुरधाम, असार २६ गते ।
बहुविवाहको आरोपमा महोत्तरीको एक स्थानिय तहका वडाध्यक्ष पक्राउ परेका छन् ।
महोत्तरीको भंगहा नगरपालिका ४ का वडाध्यक्ष गणेश महतो बहुविवाहको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले बहुविवाह आरोपमा उनलाई पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको हो ।
मंगलबार बेलुका वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Sponsored