TodayPati

महोत्तरीमा २ लाख घुस लिने प्रहरी नायव निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

टुडेपाटी–
महोत्तरी, असार २० गते ।

जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका लेखापाल प्रहरी नायब निरीक्षक बिनोद बिष्ट विरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

विष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग २ लाख घुस लिएका थिए ।

Sponsored

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटेको टोलीले बिष्टलाई सेवाग्राहीबाट २ लाख लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको क्रममा विष्टले भवन निर्माणको म्याद थप र भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरी लिएको देखिंदा उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(घ) मा उल्लिखित कसुर भएको आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विष्ट उपर २ लाख विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(घ) बमोजिम कैद र विगो बमोजिम जरिवानाको मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *