TodayPati

मधेश प्रदेश : किर्ते गरी नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ, पति फरार

टुडेपाटी-
जनकपुधाम, असार २० गते ।

किर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वर नगरपालिकाकी उपमेयर मीरा यादव पक्राउ परेकी छन् । बुधबार साँझ साढे ५ बजे कार्यालयमा पुगेका बेला उनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

उपमेयर मिराविरुद्ध उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार नै प्रहरीलाई नागरिकता कसुरमा मुद्दा दर्ता गर्न आदेश दिएको थियो । उपमेयर मिरा र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको र नक्कली प्रमाण खडा गरी नेपाली नागरिकता लिएको भन्दै डाकनेश्वरी नगरपालिका वडा न.– ४ का ३५ वर्षीय कृष्णकुमार यादवले प्रहरीमा उजुरी दर्ता गराउन दौडधुप जारी रखेका थिए ।

Sponsored

तर प्रहरीले उजुरी दर्ता नगरेपछि उनले उच्च अदालतमा रिट दिएका थिए । रिट उपर सुनुवाई गर्दै अदालतले प्रहरीलाई मुद्दा दर्ता गरी पक्राउ गर्न परमादेश जारी गरेको थियो । प्रअरीले उपमेयरका पति महेन्द्र भने फरार छन् । एमालेका केही नेतासहित साँझ प्रहरी कार्यालय पुगेपछि उमेयरलाई प्रहरीले पक्रेको हो ।

नागरिकता सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको एसपी कार्कीले बताए । उनको पतिको खोजविन भइरहेको छ । उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौलनिवासी रहेको दाबी उजुरीमा गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *