मधेश प्रदेश : २ सय ६२ केजी गाँजा बरामद
टुडेपाटी–
बारा, असार १६ गते ।
बारा प्रहरीले जिल्लाको जितपुर सिमरा उप–महानगरपालिका–७ बाट ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ ।
जितपुर सिमरास्थित जितपुर– वीरगन्ज सडक खण्डमा पार्किङ गरेर राखेको भारतीय नम्बरको ट्रकबाट २ सय ६२ केजी गाँजा बरामद गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
सुराकको आधारमा इलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले ट्रकमा खानतलासी गरेको थियो ।
असार १४ मा मकवानपुरबाट वीरगन्ज तर्फ जाँदै गरेको ट्रक चालकले जितपुर–वीरगन्ज सडकमा पार्किङ गरेर छाडेका थिए ।
बिआर–२५ जिए १४५८ नम्बरको ट्रकको छतभन्दा तलको भागमा गाँजा कारोबारीले फल्ट बटन बनाएर गाँजा लोड गरेका थिए ।
Sponsored
वीरगन्ज भन्सारबाट खाली नेपाल तर्फ आएको सो ट्रक गाँजा लिनकै लागी मकवानपुर पुगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
ट्रक चालक र धनीको खोजी भइरहेको प्रहरीले जनाएका छन् ।