TodayPati

चीनीयाँहरुको ढुंगामुढाबाट प्रहरीको टाउको फुट्यो, डिएसपी सहित ६ प्रहरी घाइते

टुडेपाटी-

काठमाडौँ, वैशाख २५ गते ।

काठमाडौँमा चिनीयाँ नागरिक र प्रहरीबीच झडप भएको छ । घर फर्कन माग गर्दै सिंहदरबारको मुख्‍य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको हो । झडपमा डिएसपीसहित ६ जना घाइते भएका छन् ।

Sponsored

शुक्रबार दिउँसो निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित आएपछि झडप भएको हो । प्रहरीको लाठीचार्जबाट दुई चिनियाँ घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरु अस्पताल जानसमेत नमानिरहेको प्रहरीले जनाएको छ ।
यस्तै चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरिबहादुर बस्‍नेतसहित ६ प्रहरी घाइते भएका छन् ।

अहिले चिनियाँ नागरिकहरु फुटपाथमा बसेर धर्ना दिइरहेका छन् । प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउन खोजे पनि हट्न मानिरहेका छैनन् ।

२० जनाभन्दा बढी रहेका उनीहरु ुवी वान्ट टू गो ब्याक होमु लेखिएको प्ले कार्ड बोकेर सिंहदरबार गेट अगाडि धर्ना बसिरहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *