TodayPati

नेपालगञ्जमा थप एक १६ वर्षीय युवामा कोरोना पुष्टि, संक्रमितको संख्या १०२ पुग्यो

टुडेपाटी-
काठमाडौं, वैशाख २६ गते ।
नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा शुक्रबार थप एक जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय युवामा पोजिटिभ देखिएको जानकारी दिए ।

योसँगै नेपालगञ्जमा संक्रमितको संख्या २४ पुगेको छ । नेपालमा भने जम्मा संक्रमितको संख्या १०२ पुगेको छ। त्यसमध्ये २७ जना निको भएर घर फर्किसकेका छन् ।

Sponsored

निको भएका थप ३ जनालाई फलोअपका क्रममा पुनस् कोरोना देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *