TodayPati

जनकपुरधाममा प्रथम रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता हुने

टुडेपाटी-
जनकपुरधाम, असार १३ गते ।

जनकपुरधाममा भोलि ( बिहीबारदेखि प्रथम रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० हुने भएको छ । जनकपुरधामस्थित कवर्ड हलमा कुस्ती प्रतियोगिता हुने अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य सुरेश शर्माले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा अखिल खेलकुद महासंघको व्यवस्थापनमा उक्त कुस्ती प्रतियोगिता हुन लागेको उनले बताए ।

Sponsored

प्रतियोगितामा ८ टिमका ६० जना खेलाडी सहभागी हुनेछन् । जसमध्ये ३ वटा टिम महिलाको र ७ वटा पुरुषको रहनेछ ।

कुस्ती प्रतियोगितामा महिला टिममा ५३, ५९ र ७२ केजी तौल समूहका र पुरुष टिममा ६१, ७० र ९७ केजी तौल समूहका खेलाडीहरूले भाग लिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सातै प्रदेशका सात टिमका साथै पुलिस, आर्मी र सशस्त्र गरी तीन र एक वटा धनुषाको होस्ट कुस्ती टिम भाग लिनेछन् ।

Sponsored

प्रतियोगितामा सहभागी टिमहरूमध्ये प्रथम हुनले गोल्ड, दोस्रोलाई शिल्भर र तेस्रोलाई ब्रोन्ज मेडल प्रदान गरिनेछ । त्यस्तै सहभागी टिमहरुलाई समेत मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *