TodayPati

युवा संघका केन्द्रीय सदस्य महतो जनकपुरधामबाट पक्राउ

टुडेपाटी–
जनकपुरधाम, असार १२ गते ।

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य हरिनारायण महतो जनकपुर विमानस्थलबाट पक्राउ परेका छन् ।

महोत्तरीको गौशाला नगरपालिका १ रामनगर घर भएका महतोलाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।

Sponsored

पक्राउ परेका महतोमाथि गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोलाई उनकै कार्यकक्षमा दुर्व्यवहार गरेको आरोप छ । प्रहरीले उनको खोजीकार्य तीव्र पारेपछि लुकिछिपी काठमाडौं भाग्न खोज्दा मंगलवार विहान जनकपुर विमानस्थलबाट पक्राउ गरिएको प्रहरी श्रोतको भनाई छ ।
पक्राउ परेका महतोले समाजिक संजाल फेसबुक मार्फत उपमेयर महतोलाई गालिगलौज तथा योजनाबद्ध रुपमा अनावश्यक चरित्र हत्या गर्ने किसिमको पोष्ट गर्दै आएका थिए ।

पक्राउ परेका आरोपित महतोलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महतोलाई पक्राउ गर्न हिजो साझ उनको घरमा प्रहरिले खोजतलास गरे पनि फेला परेको थिएन । उनी लुकिछिपी जनकपुरबाट काठमाडौ बिमान्बाट भाग्न खोज्दा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीको बिशेष टोलिले महतोलाई पक्राउ गरेको हो ।

Sponsored

यस अघि पनि महतो हातहतियार तथा खरखजाना तथा डकैती मुद्दामा सजाय सजाय भोगिसकेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *