मधेश प्रदेश : खानेपानी कार्यालयका सुरक्षा गार्डको हत्या
टुडेपाटी–
सिरहा, असार ११ गते ।
सिरहामा खानेपानी कार्यालयमा कार्यरत्त एक सुरक्षा गार्डको हत्या भएको छ ।
जिल्लाको मिर्चैयास्थित साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत्त रहेका मिर्चैया नगरपालिका–८ का किशोरी रायको हत्या भएको हो ।
रातिको समयमा ड्युटी गरिरहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।
कार्यालयका पदाधिकारी विशेष कामले सुनसरीको इटहरी जान गाडी लिन जाँदा सोमबार बिहान कार्यालय परिसरमा रगताम्मे अवस्थामा कुर्मीलाई देखेपछि संस्थाका सचिव डिकाराम पोखरेलले प्रहरीलाई जानकारी गराएका थिए ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुग्दा कुर्मीको मृत्यु भइसकेको थियो ।
Sponsored
राय ८ महिनादेखि संस्थामा कार्यरत थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।