झण्डै ६० लाख लिएर फरार भएका सहकारी अध्यक्षलाई जनकपुरमा वचकर्ताले पक्राउ गरेपछि…
टुडेपाटी-
जनकपुरधाम, असार ८ गते ।
एकवर्षदेखि वचतकर्ताका झण्डै लाख रुपैयाँ लिएर एकवर्षदेखि फरार एकसहकारीका अध्यक्षलाई बुधबार जनकपुरबाट पक्राउ परे । धनुषाको सबैला नगरपालिका ७ स्थित श्रमजिवी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ४२ वर्षीय रामबाबु यादवलाई वचकर्ताहरुले बुधबार जनकपुर उपमहानगरपालिका ९ वंशीचोकबाट पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमका अनुसार बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा पक्राउ परेका सहकारीका अध्यक्ष यादव र वचकर्ताहरुबीच छलफल भएको छ । सहकारी अध्यक्ष यादवले छलफलमै १० हजार रुपैयाँसम्म जम्मा गरेका वचकर्तालाई नगद नै फिर्ता गरेका छन् । त्यो भन्दा माथिको वचकर्तालाई साउन मशान्त भित्र वचत रकम फिर्ता गर्ने लिखित सहमति भएको डिएसपी गौतमले बताए ।
स्थानीयका अनुसार उनले सबैला, खरीहानी, ठिल्लामा बस्ने ७५० जनाले दैनिक खातामा जम्मा गर्ने खाताबाट बिगत १ वर्ष देखि झण्डै ६० लाख रकम लिएर फरार भएका थिए ।
लामोसमयदेखि वचकर्ताको खोजिमा रहेका अध्यक्ष यादव जनकपुरमै आफ्नै आफन्तको घरमा बसिरहेको थाहा पाएपछि सयौंको संख्यामा आएका बचकर्ताले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए ।
Sponsored