TodayPati

मधेशमा कम बजेट विनियोजन गरिएको कुरा गलत हो : प्रधानमन्त्री दाहाल

टुडेपाटी-
काठमाडौँ, असार ८ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष २०८०।८१ को बजेटमा मधेश प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

Sponsored

संघीयताको मर्म अनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी रकम मधेश प्रदेशमा जाने गरेको उनले बताए ।

संघबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया वीरगञ्ज करिडोर चन्द्रपुर गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोशी मरिनडाइभर्सन, वागमती कमला चन्द्रनहर लगायतका सिंचाई आयोजना विभिन्न औधोगिक पूर्वाधार तथा व्यापारीक पूर्वाधार आयोजनाहरु तराई मधेशलाई लक्षित गरि नै अगाडि बढाएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले तराई मधेश समृद्धि कार्यक्रम, मधेशलाई काठमाडौँसँग जोड्ने द्रुतमार्ग लगायतका ठूला परियोजना पनि मधेश प्रदेशमा पर्नेमा तीनको समयवद्ध कार्यान्वयनको लागि बजेट विनियोजन गरिएको बताए ।

Sponsored

सञ्चालनमा रहेका आयोजनाहरुको कार्य प्रगति आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले बजेटको अंकसँगै त्यसले पार्ने वृहतम प्रभावलाई समेत सकारात्मक रुपमा लिन उनले आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले विरगञ्जको विकास सरकारको प्राथमिकतामा रहेको दावी गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *