TodayPati

मधेश प्रदेश : करेन्ट लागेर २ युवकको मृत्यु

टुडेपाटी–
रौतहट, असार २ गते ।

करेन्ट लागेर रौतहटको बौधीमाई नगर क्षेत्रमा २ जना युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बौधिमाई ५ को पवागाउँका २५ वर्षीय अरुण साह र २६ वर्षीय सिताबी पण्डित रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए ।

Sponsored

शुक्रबार राति साढे ८ बजे घरको आँगनमा रहेको ट्युबवेल धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा अचानक अरुण साहलाई विद्युत् प्रवाह भएर करेन्ट लागेको थियो। करेन्ट लागेका साहलाई सँगै रहेका पण्डितले बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेर दुवै जना अचेत भएका थिए।

दुवै जनालाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल गौर लैजाँदा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रवक्ता यादवले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *