जनकपुरधाम १४ मा मदरसा तालिमुल इस्लामको उद्घाटन
टुडेपाटी–
जनकपुरधाम, असार १ गते ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ मा मदरसा तालिमुल इस्लामको उद्घाटन गरिएको छ ।
मधेश प्रदेशका विनाविभागीय राज्यमन्त्री मोहम्मद अबुलकलाम आजादले मदरसाको उद्घाटन गरेका हुन् ।
मदरसाको उद्घाटन गर्दै राज्यमन्त्री आजादले समाजको माग अनुसार आफू अघि बढिरहने र सकारात्मक काममा सबैले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा मौलाना फहीम चर्तुवेदी, सनाउल्ला करिमी, अब्दुल अजिज सलफि, हासिम सलफि ,मौलाना फारुक साहब, राष्ट्रिय मुस्लिम परिषद् नेपालका अध्यक्ष मुसाहिद हुसेन, साजिद पख राउत, सबनम खातुन, जनेद अन्सारी, मनान अन्सारीलगायतकाहरूको उपस्थिती रहेको थियो ।
सो अवसरमा राज्यमन्त्री आजादलाई दोसल्ला ओढाई सम्मानसमेत गरिएको थियो । मदरसा तालिमुल इस्लामको प्रगतिको कामना गर्दै स्थानीय बुद्धिजीवीहहरूले प्रार्थना गर्दै भव्यताका साथ उद्घाटन सम्पन्न भएको स्थानीय मोहम्मद कमिलले जानकारी दिए ।
मदरसा उद्घाटनको अवसरमा स्थानीय सल्मान नदाफ, इरशाद र्देजी, दिलसाद, डक्टर आबिद, करिम कबारि, इम्त्याज, तमना हासिम, डाक्टर हसद राइन, कलाम राइनलगायत बुद्धिजिवी एवम् समाजसेवी तथा युवाहरूको सहभागिता रहेको थियो ।
Sponsored