मधेश सरकारले ल्यायो ४४ अर्ब ११ करोडको बजेट
टुडेपाटी–
जनकपुरधाम, असार १ गते ।
मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट ल्याएको छ ।
चालु तर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार अर्थात ४१।३० प्रतिशत र पुँजिगत तर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात ५८।२५ प्रतिशत बजेट विनियोजन गरेको छ ।
यस्तै, वित्तिय व्यवस्थापन तर्फ २० करोड अर्थात ०।४५ प्रतिशत बजेट विनियोजन गरेको छ ।
शुक्रबार मधेश प्रदेशसभामा बजेट प्रस्तुत गर्र्दै अर्थमन्त्री संजय कुमार यादवले गत वर्षभन्दा करिब २ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन् ।
Sponsored