प्रदेश २ लागुऔषधको हव बन्दै, श्रीमान श्रीमती सहित ५ जना तस्कर प्रहरीको फन्दामा
टुडेपाटी-
वीरगंज, वैशाख २४ गते ।
पर्साको वीरगंज महानगरपालिका ३ बाट नियन्त्रित लागूऔषध सहित प्रहरीले पाँँच जनालाई पक्राउ गरेको छ ।
डाइलेक्स डिसी एक सय एमएलको ८७ बोतल, वानरेक्स एक सय एमएलको १ सय ३ बोतल, नाइट्राजेपाम २० पिस, नाइट्राभेट ३६ पिस र सिमप्लेक्स्ट ५७ पिस सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका ३ बस्ने ४६ वर्षीय सन्तोष पटेल, निजकै श्रीमती ३७ वर्षीया बबिता देवी, सोही ठाउँ बस्ने २८ वर्षीय टिँकु श्रीवास्तव, बिन्दवासिनी गाउँपालिका(२ बहुअर्वाभाठा बस्ने २८ वर्षीय राजनाथ यादव र बारा प्रसौनी गाउँपालिका(३ नौतन बस्ने ३२ वर्षीय मुग्रिम साह रहेका छन् ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय लकडाउनमा समेत भारतबाट लागुऔषध तस्करी गर्नेको संख्यामा वृद्धि भएको छ ।