TodayPati

प्रदेश २ : सशस्त्र प्रहरीको चेकपोष्ट तोडफोड गरेर भारतीयहरु नेपाल छिर्न खोज्दा सीमामा तनाव

टुडेपाटी-
बारा, वैशाख २५ गते ।

बाराको कबही गोठमा अवस्था तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ । नेपाल छिर्न खोजेका भारतीय नागरिकले सशस्त्र प्रहरीको चेकपोस्ट तोडफोड गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको हो ।
बिहीबार भारतबाट गाडीमा आएका भारतीयलाई नेपाल प्रवेश गर्न रोकेपछि उनीहरुले सीमानामा रहेको सशस्त्रको चेकपोस्टमा ढुंगामुढा गरेको बाराका सशस्त्र प्रहरी प्रमुख एसपी दिगविजय सुवेदीले जानकारी दिए ।

उनले ढुंगामुढा गर्नेलाई नियन्त्रणमा लिन हवाई फायर समेत गर्नुपरेको बताए ।
भारतको बिहार राज्य अन्तर्गत पर्ने हनुमाननगर गाउँबाट दुईवटा गाडीसहित नेपाल प्रवेश गर्न खोजेका भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी भीडलाई नियन्त्रणमा लिएको थियो ।

Sponsored

नेपाली सुरक्षाकर्मीलाई भारतीयले आक्रमण गर्न खोजेपछि नेपालीहरु पनि प्रतिकारका लागि पुगेका थिए ।

दुवै देशका सुरक्षाकर्मीहरुले उनीहरुलाई सम्झाई बुझाई गरेर घर फर्काएका छन् ।
स्थानीयका अनुसार भारतको सीमावर्ती गाउँ हनुमाननगरका कतिपय बासिन्दाको खेतमा जान नेपालको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यस क्षेत्रमा २०,२५ बिघा जमिनमा उनीहरुले बाली लगाएका छन् । लकडाउनपछि उनीहरुलाई नेपालतर्फ आउनमा रोक लगाइएको छ ।

सुवर्ण गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादवले ठूलो संख्यामा भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको तर अहिले सामान्य भइसकेको बताए ।
सुरुमा दुई जना भारतीय नेपाल प्रवेश गर्न खोज्दा सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । त्यसपछि फर्केर गएका उनीहरुले थप मानिसहरु सहित आएर सशस्त्र प्रहरीको पोष्ट नै भत्काएपछि भीड नियन्त्रणका लागि एक राउण्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी उपरीक्षक दिग्विजय सुवेदीले जानकारी दिए ।
प्रदेश २ ः शसस्त्र प्रहरीको चेकपोष्ट तोडफोड गरेर भारतीयहरु नेपाल छिर्न खोज्दा तनाव
टुडेपाटी
बारा, वैशाख २५ गते ।
बाराको कबही गोठमा अवस्था तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ । नेपाल छिर्न खोजेका भारतीय नागरिकले सशस्त्र प्रहरीको चेकपोस्ट तोडफोड गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको हो ।
बिहीबार भारतबाट गाडीमा आएका भारतीयलाई नेपाल प्रवेश गर्न रोकेपछि उनीहरुले सीमानामा रहेको सशस्त्रको चेकपोस्टमा ढुंगामुढा गरेको बाराका सशस्त्र प्रहरी प्रमुख एसपी दिगविजय सुवेदीले जानकारी दिए । उनले ढुंगामुढा गर्नेलाई नियन्त्रणमा लिन हवाई फायर समेत गर्नुपरेको बताए ।
भारतको बिहार राज्य अन्तर्गत पर्ने हनुमाननगर गाउँबाट दुईवटा गाडीसहित नेपाल प्रवेश गर्न खोजेका भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी भीडलाई नियन्त्रणमा लिएको थियो ।
नेपाली सुरक्षाकर्मीलाई भारतीयले आक्रमण गर्न खोजेपछि नेपालीहरु पनि प्रतिकारका लागि पुगेका थिए । दुवै देशका सुरक्षाकर्मीहरुले उनीहरुलाई सम्झाई बुझाई गरेर घर फर्काएका छन् ।
स्थानीयका अनुसार भारतको सीमावर्ती गाउँ हनुमाननगरका कतिपय बासिन्दाको खेतमा जान नेपालको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

Sponsored

त्यस क्षेत्रमा २०र२५ बिघा जमिनमा उनीहरुले बाली लगाएका छन् । लकडाउनपछि उनीहरुलाई नेपालतर्फ आउनमा रोक लगाइएको छ ।
सुवर्ण गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादवले ठूलो संख्यामा भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको तर अहिले सामान्य भइसकेको बताए ।
सुरुमा दुई जना भारतीय नेपाल प्रवेश गर्न खोज्दा सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । त्यसपछि फर्केर गएका उनीहरुले थप मानिसहरु सहित आएर सशस्त्र प्रहरीको पोष्ट नै भत्काएपछि भीड नियन्त्रणका लागि एक राउण्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी उपरीक्षक दिग्विजय सुवेदीले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *