TodayPati

यातायात कार्यालय जनकपुरबाट एकजना बिचौलिया पक्राउ

टुडेपाटी–
जनकपुरधाम, जेठ ३२ गते ।

यातायात कार्यालय जनकपुरबाट एकजना बिचौलिया पक्राउ परेका छन् ।

बिहिबार दिउँसो करिब २ बजेको समयमा जनकपुर उपमहानगरपालिका १४ स्थित रहेको यातायात कार्यालयमा बिचौलियाको काम गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले एकजनालाई नियन्त्रणमा लिएको हो ।

Sponsored

पक्राउ पर्नेमा जनकपुरधाम १४ बस्ने २६ वर्षीय सुवास कुमार राउत रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *