जनकपुरमा मिस्टर एण्ड मिस मधेश प्रतियोगिता हुने
टुडेपाटी-
जनकपुरधाम,जेठ ३१ गते ।
जनकपुरधाममा पहिलोपटक मिस्टर एण्ड मिस मधेश प्रतियोगिता आयोजना हुने भएको छ ।
वाईबी फिल्मसको आयोजनामा किशारकिशोरीहरुको क्षमता अभिवृद्धि, व्यक्तित्व विकास तथा आत्मविश्वास बढाउनका प्रतियोगिता हुन हुन लागेको हो ।
मधेश प्रदेशको रीतिरिवाज, चालचलन, संस्कृति तथा सम्पदाहरुलाई प्रवर्धन गर्ने उद्देश्यको साथ प्रतियोगिता हुन लागेको पेजेन्ट कोच तथा एशियाको प्रभावशाली युवा पुरस्कार २०२३ का विजेता अभिविन्द खनियाले बताए ।
आयोजकले जनकपुरमा बुधबार पत्रकार सम्मेलन गरी मिस्टर एण्ड मिस प्रतियोगिता हुन लागेको जनाएको छ ।
प्रतियोगिताको प्रथम विजेतलाई जनही १ लाख नगद पुरस्कार प्रादान गरिने उनले बताए । प्रतियोगितामा उत्कृष्ट गर्ने मोडेलहरुलाई विभिन्न लघु चलचित्र, म्युजिक भिडियोहरुमा अभिनय गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।
त्यति मात्र होइन अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने अवसर, मुस्तांग होलिडे प्याकेज, विभिन्न राष्ट्रिय तथा क्षेत्रीय टेलिभिजन तथा मिडियामा अन्तरवार्ताको अवसर प्रदेशस्तरीय विभिन्न ब्रान्ड र विजनेसहरुसंग सहकार्य गर्ने अवसर प्राप्त हुने खानियाको भनाइ छ ।
आयोजकका अनुसार प्रतियोगिताको लागि १५ देखि २४ वर्षसम्मका किशोरकिशोरी तथा युवायुवतीले आवेदन दिन थालेका छन् । हालसम्म दुईसयजनाले आवेदन दिएको आयोजकले जनाएको छ । आवेदन शुल्क एक हजार रुपैयाँ तोकिएको छ । पाँचसय जनाको आवेदन परेपछि त्यसबाट अडिसन मार्फत ५० जना छनोट गरिने छ । छनोट भएका ५० जनालाई २० दिनसम्म मोडलिंग सम्बन्धि तालिमपश्चात् फाइनल प्रतियोगिता हुने छ ।
Sponsored
सहभागीलाई रयाम्प ध्वपि, अन्तराष्ट्रिय स्तरको ग्रुमिंग सेसन, व्यक्तित्व तथा आत्मविश्वास विकास तथा प्रवर्धन, फेसन स्टाइलिंग, सार्वजनिक भाषण कला विकास, प्रेरक सेमिनार, स्विमिंग क्लासेसको संगसंगै, मेडिटेसन, डान्सिंग, योग, फोटोसुट भिडियोसुट आदिको कार्यक्रम तथा तालिम दिइने आयोजकले जनाएको छ ।
त्यस्तै सांस्कृतिक सम्पदाहरुको भ्रमण आदि पनि कार्यक्रममा गरिने छ । यस कार्यक्रमको माध्यममा बाट युवा युवतीको समग्र विकासका लागि हरदम प्रयास गरिनेछ। ५० जनामा छनोट नहुने आवेदकलाई आवेदन दिन लाग्ने एकहजार शुल्क फिर्ता गरिने आयोजकले जनाएको छ ।
आयेजक संस्थाका अध्यक्ष रामएकवाल यादव (यादव भाई)को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा २०२२ का अन्तराष्ट्रिय नेपाली मोडल समर पुरी, युवा गायक जागेश ठाकुर लगायतको उपस्थिति रहेको थियो ।