TodayPati

धनुषा : घुस रकमसहित वडा सचिव अख्तियारको फन्दामा

टुडेपाटी–
जनकपुरधाम, जेठ ३१ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाको नगराईन नगरपालिकाका एक वडा सचिवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

आयोगको बर्दिबास कार्यालयबाट खटेको टोलीले नगराईन नगरपालिका वडा नम्बर–२ का वडा सचिव अमृत झालाई बुधबार साँझ रंगेहात पक्राउ गरेको हो ।

Sponsored

सेवाग्राहीसँग काम गरेवापत वडा सचिव झाले नगद ७० हजार रुपैयाँ घुस लिएको उजुरीका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।

अख्तियारको टोलीले अहिले मुचुल्का उठाउने काम गरिरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *