मधेश प्रदेश : स्कारपियोको ठक्करबाट एकजनाको मृत्यु
टुडेपाटी-
सर्लाही, जेठ ३० गते ।
सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्लाको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मंगलबार भारतीय नम्वर प्लेटको स्कारपियोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बबरगञ्जबाट बयलवासतर्फ आउँदै गरेको बीआर ३० इ २४५९ नम्वरको स्कारपियोको ठक्करबाट ज २ प ६४५२ नम्वरको मोटरसाइकलका चालक चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जका ४५ वर्षीय मनोज महतोको मृत्यु भएको हो ।
स्कारपियोको ठक्करबाट गम्भीर घाइते भएका महतोलाई सामान्य उपचार गरी थप उपचारका लागि लालगढ अस्पताल धनुषा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
Sponsored