नागरिकता माग गर्दै आत्मदाहको प्रयास
टुडेपाटी–
काठमाडौं, जेठ ३० गते ।
नागरिकता माग गर्दै एक युवकले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ ।
त्यस क्रममा एक युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
आत्मदाह प्रयास गर्नेमा मोरङ जिल्लाको कटहरीका निरजकुमार कामत रहेका छन् ।
उनका हजुरबुबा र बुबाले जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । युवकका बाबुले २०६४ मा जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । १८ वर्ष पुगेपछि नागरिकता लिने प्रयास गरेका निरज पछिल्लो पाँच वर्षदेखि नागरिकताका लागि आन्दोलनरत छन् ।
Sponsored
अहिले युवकलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ ।