महोत्तरीको मटिहानी नगरपालिकाले गर्यो जग्गाको वर्गिकरण
टुडेपाटी-
महोत्तरी, जेठ २९ गते ।
महोत्तरीको मटिहानी नगरपालिकाले नगरक्षेत्रभित्रको जग्गाको वर्गिकरण गरेसँगै नगर क्षेत्र भित्र रहेको जग्गाको कित्ता काट खुलेको छ ।
मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल सोमवार एक कार्यक्रम बीच भू उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्नको सार्वजनिकीकरण गरेका छन् ।
मटिहानी नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाहरुलाई कृषि क्षेत्रतर्फ १६८६.७१८ हेक्टर, व्यवसायिक क्षेत्रतर्फ १७.६२८ हेक्टर, साँस्कृतिक क्षेत्रतर्फ २.४०० हेक्टर, नदीजन्य।पोखरी क्षेत्रतर्फ ६४.७७६ हेक्टर, औद्योगिक क्षेत्रतर्फ २६.८४२ हेक्टर, सार्वजनिक क्षेत्रतर्फ ६५.६९४ हेक्टर र आवासीय क्षेत्रतर्फ १०५४.७७४ हेक्टर जग्गा वर्गीकरण गरेको छ ।
नगरपालिकाले वर्गीकरण गरेको जग्गाहरु जम्मा ३४ हजार ३ सय ९७ कित्ता रहेको र मङ्गलबार देखि सबै जग्गाको कित्ताकाट खुल्ला भएको जानकारी गराइएको छ ।
Sponsored