TodayPati

औषधी पसलमा आगलागी हुँदा २० लाखको क्षति

जनकपुरधाम,माघ १७ गते । 

जनकपुरमा एक औषधी पसलमा अागलागी हुँदा २० लाख रुपैया बराबरको क्षति भएको छ ।जनकपुरको अस्पताल रोडमा पर्ने  जनकपुरधाम उपमहानगरपालिका  -६ स्थित कल्पना मेडिकल हॅलमा बिहीबार राति आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीले  पसलमा रहेको सबै औषधीहरु पूर्णरुपमा जलेर नष्ट भएको छ ।  अागलागीमा  २० लाख रुपैयाँ बराबरको क्षति भएको  पसलका सञ्चालक पंकज साहले बताए ।

Sponsored

कसैले रिसिबी साध्न अागो लगाइदिएको उनको दावी छ ।आगलागी बारुणयन्त्र, प्रहरी र स्थानीबासीको सहयोगमा नियन्त्रणमा निभाइएको छ ।आगलागी  कसरी भयो भन्न विषयमा अनुसन्धान गरिरहेको  धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *