प्रदेश २ सरकारले छोरी शिक्षा विमा रकम अब ३ लाख दिने, २० लाख पुर्याउने लक्ष्य
जनकपुरधाम, माघ १७ गते ।
प्रदेश २ सरकारले प्रदेश २ मा लागु गरेको छोरी शिक्षा बिमाको रकम तीन लाख पुर्याएको छ । बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत २० वर्षपछि प्रत्येक छोरीलाई ३ लाख रुपैयाा बिमा रकम दिने प्रदेश २ सरकारले घोषणा गरेको हो । प्रदेश २ मा २०७५ माघ १ पछि जन्मेको छोरीहरुको १ लाखको शिक्षा विमा अभियान चलाउँदै आएकोमा अबदेखि ३ लाख रुपैयाँ पुर्याइएको शुक्रबार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ । सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले २०७५ माघ १ गते पछि प्रदेशमा जन्मिएकी छोरीहरु अव ३ लाख दिने घोषणा गरे ।
मुख्यमन्त्री राउतले स्थानीय सरकारहरुलाई समेत यस अभियानमा सहयोग गर्न आग्रह गर्दै भने ‘ अहिले तीनलाख पु¥याएका छौ, स्थानीय सरकारले सहयोग गरे भने यो रकम लाई २० वर्षमा २० लाख पु¥याउने लक्ष्य हाम्रो लक्ष्य छ ।’ छोरी शिक्षा विमा अन्तर्गत हाल सम्म करिब १५ हजार विमा प्रदेश सरकारले गरि सकेको छ । विमा गराइ सकेका छोरीहरुले समेत यो सुविधा पाउने भएकी छिन् ।मुख्यमन्त्री राउतले अति विपन्न दलित तथा मुस्लिम परिवारका कक्षा १ देखी ८ सम्मका छात्राहरुलाई प्रति महिना पाँच सय दिने आफुहरुको योजना रहेको र यसै आर्थिक वर्ष देखी पाइलट प्रोजेक्टको रुपमा शुरु गरिने जानकारी गराए ।
यस्तै प्रदेश २ को साविकको जनकपुर अंचल एवं वर्तमानको प्रदेशिक अस्पताल अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिने प्रक्रिया समेत सरकारले शुरु गरि सकेको जानकारी दिए । शुक्रबार बिहान बसेको प्रदेश २ को मन्त्री परिषद बैठकले प्रादेशिक अस्पताललाई प्रदेश आर्युविज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको हो । त्यस्तैमन्त्री परिषद बैठकले मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरुको दीर्घकालिन व्यवस्थापनका लागि मधेशी सहिद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको मुख्यमन्त्री राउतले जानकारी दिशए ।