विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला
टुडेपाटी–
काठमाडौं, जेठ २६ गते ।
देशभर पछिल्ला २४ घण्टामा ६ जना मृतावस्थामा फेला परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार रौतहटको परोहा नगरपालिका ७ स्थित पोखरीमा अन्दाजी ६ वर्षीया बालिका बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै, कपिलवस्तुको कृष्णनगर नगरपालिका(८ बहादुरगंज बजारस्थित शिव मन्दिरमा सोही नगरपालिका देबनगडीया बस्ने ६० वर्षीय शंकर कहार बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रुपन्देहीको मायादेवी गाउँपालिका–१ धमौली बस्ने ५० वर्षीय कपिल लोध सोही ठाउँस्थित बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ झिलमिला गड्डा टोल बस्ने ४५ वर्षीया दुर्गा थापा उखुबारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
Sponsored
काभ्रे, भुम्लु गाउँपालिका७ राजकोटस्थित सुनकोशी नदीमा पनि अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यी दुई जनाको सनाखत हुन सकेको छैन ।
यस्तै, मोरङको केराबारी गाउँपालिका ५ बस्ने ३८ वर्षीय युवराज रानामगर बाटोमा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।