TodayPati

मधेश प्रदेश : तस्करीको मल लिन खोज्दा गाउँलेको अवरोध, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

टुडेपाटी–
सर्लाही, जेठ २५ गते ।

प्रहरीले तस्करीको मल नियन्त्रणमा लिन खोज्दा गाउँलेबाट अवरोध भएपछि सर्लाहीको धनकौल गाउँपालिका–७, बैरिया टोलमा बिहीबार दिउँसो प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटेको प्रहरी टोलीले स्थानीय राजु सहनीको घरमा लुकाइछिपाइ राखिएको भारतीय अवैध मल नियन्त्रणमा लिन खोज्दा गाउँले आएर अवरोध गरेका हुन् ।

Sponsored

बरामद भएको मल जिल्लातर्फ ल्याउँन खोज्दा गाउँलेले ढुङ्गामुढा गरेर अवरोध गर्न थालेपछि पाँच शेल अश्रुग्याँस प्रहार गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी तथा डीएसपी दीपेन्द्र पंजियार थारुले बताए ।

डीएसपी थारुका अनुसार सहनीको घरभित्र लुकाइराखिएको ७२ बोरा मल बरामद भएको छ ।

फाइल तस्विर

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *