मधेश सरकारले कक्षा १२ को छात्रालाई ल्याप्टप दिने नीति लिएपछि प्रदेश सांसद लेखीको आपत्ति
टुडेपाटी-
जनकपुुरधाम, जेठ २५ गते ।
नेकपा एमालेका प्रदेश सांसद राजकुमार लेखीले मधेश सरकारले कक्षा १२ का छात्रालाई ल्याप्टप दिने नीति तथा कार्यक्रम ल्याएकोमा आपत्ति जनाएका छन् ।
बिहिबार बसेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममा छलफल सुरुभएपछि छलफलमा भाग लिँदै सांसद लेखीले विद्यालयको शैक्षिक अबस्था सुधार्नुको साटो छात्रालाई ल्याप्टप दिने योजना ल्याएकोमा आपत्ति जनाए ।
उनले यस प्रदेशको धेरै विद्यालयमा भवनको अभाव, शिक्षक अभाव छ, शौचालय लथालिङ रहेकोमा त्यस तर्फ ध्यान नदिइ सरकार छात्रालाई ल्याप्टप दिने कार्यक्रम ल्याउनु ठिक नभएको जिकिर गरे ।
उनले विद्यालयको शैक्षिक अबस्था सुधार्न जरुरी रहेकाले विद्यालयमा भवन निर्माण गर्न, शिक्षक दरबन्दी थप्न र शौचालयको अबस्थामा सुधार ल्याउन सरकारलाई सुझाव दिए ।
Sponsored