मधेश प्रदेश : गर्मी बढेपछि यस स्थानीय तहमा एक साताको लागि विद्यालय बन्द
टुडेपाटी–
जनकपुरधाम, जेठ १८ गते ।
मधेशका जिल्लाहरुमा गर्मी अत्यधिक बढेपछि विद्यालयहरु बन्द हुन थालेको छ ।
केही दिनदेखि तराई मधेशका जिल्लाहरुमा २८ देखि ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।
गर्मी बढेपछि सिरहाको लहान नगरपालिकाकाले एक साताका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
भोलीदेखि जेठ २६ गतेसम्म वालविकास देखि कक्षा १२ सम्मका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द रहने लहानकी प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमले सूचना जारी गरेकी छन् ।
वर्षे विदाबाट कट्टा हुनेगरी विद्यालयहरु बन्द रहने सूचनामा भनिएको छ ।
Sponsored