भारतको प्रधानमन्त्रीसँग प्रधानमन्त्री दाहालको भेटवार्ता
टुडेपाटी-
नयाँदिल्ली, जेठ १८ गते ।
भारत भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
नयाँदिल्लीस्थित हैदरावाद हाउसमा बिहीबार अपरान्ह प्रधानमन्त्री मोदी र प्रचण्डबीच भेटवार्ता भएको हो ।
भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनुअघि प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए ।
त्यसक्रममा उनले आगन्तुक पुस्तिकामा गन्धीप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए । प्रधानमन्त्री प्रचण्ड मोदीसँगको भेटवार्ताका लागि हैदराबाद पुग्दा कारगेटसहित पुगेका थिए ।
भेटवार्तामा दुई देशबीचको सम्बन्धका विभिन्न आयमबारे कुराकानी भएको हो । प्रधानमन्त्री मोदी र प्रचण्डबीचको भेटवार्तालगत्तै दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्नेछन् ।
Sponsored