TodayPati

अस्पतालको स्तरउन्नति सहित दक्ष बिशेषज्ञ चिकित्सकहरुको व्यवस्थापनका लागि राजनीतिक दवावको खाँचो : अध्यक्ष यादव

शुभ नारायण यादव–
सप्तरी, जेठ १७ गते ।

जसपा नेपालका राष्ट्रिय अध्यक्ष एवं सांसद उपेन्द्र यादवले ६ करोड ९२ लाखको लागतमा निर्माण भएको नर्सिङ्ग कलेजको भवन एक समारोहबीच समुदघाटन गरेका हुन् ।

सप्तरीको राजविराज नगरपालिकाको आयोजनामा नव निर्मित नर्सिङ कलेजको भवन अघिल्लो कार्यकालमा सप्तरी निर्वाचन क्षेत्र नम्वर २ बाट जितेका अध्यक्ष यादवको संसदीय कोषको बजेटबाट निर्माण भएको नसिंङ्ग भवन उद्घाटन गरिएको हो ।

Sponsored

कुल ६ करोड ९२ लाख रुपैयाँको लागतमा निर्माण भएको दुई तल्ले भवनको अध्यक्ष यादवले उद्घाटन गरेका हुन् ।

राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसवर प्रविणको अध्यक्षतामा आयोजित सो भवन समुदघाटन कार्यक्रममा सभासदहरु रन्जु झा, किरण साह, सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, गजेन्द्रनारायण सिह अस्पतालका मेसु डाक्टर प्रकाश साह, बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादव, जसपा नेपालका मधेस प्रदेश सचिव दिनेश कुमार यादव, राजविराज नगरपालिका वडा नं. २ का वडाअध्यक्ष अरुण यादव लगायतका बक्ताहरुले अस्पतालको स्तरउन्नति सहित दक्ष बिशेषज्ञ चिकित्सकहरुको व्यवस्थापनका लागि राजनीतिक दवावको खाचो रहेकाले त्यसका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीहरुले यस गजेन्द्रनारायण सिह अस्पतालमा उपेन्द्र यादवको पहलमा झन्डै ४५ लाखको लागतमा अस्पतालमा थप भवन निर्माण कार्य भइरहेको तथा प्रसुति भवन समेत चाडैं निर्माण हुने जानकारी अस्पतालका मेसु साहले जानकारी दिए ।

Sponsored

यस्तै हाल अस्पतालमा २८ वटा विशेषज्ञ चिकित्सक सहित सिटि स्क्यान समेत सन्चालनमा रहेका छन भन्ने आइसियू सहितका लागि थप जनशक्ति अभाव रहेकोले यसका लागि आवश्यक पहल गरिदिन अध्यक्षसँग अनुरोध समेत गरे ।

गजेन्द्र नारायण सिंह अस्पतालको परिसरमा निर्माण भएको उक्त भवनमा आगामी वर्षदेखि नर्सिङ्गको कक्षा सञ्चालन गर्ने योजना रहेको अस्पताल प्रशासनले जनाएको छ ।

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *